२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

जनमत पार्टीसहितको सरकार बनाउने कांग्रेसको प्रयास, सिके राउतलाई मन्त्रीको अफर

१५ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि बहुमत जुटाउने प्रयास थालेको छ । सरकार गठनको प्रयास स्वरूप कांग्रेस नेता विमलेन्द्र निधिको पहलमा बिहीबार प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । बिहीबार बालुवाटारमा रहेको प्रधानमन्त्री निवासमा अध्यक्ष राउत र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो।

भेटमा राउतलाइ सरकारमा सहभागी हुन देउवाले अफर गरेका छन । केही मन्त्रीसहित सरकारमा सहभागी गराउने विषयमा कुरा भएको र सहमति पनि बनेको कांग्रेस नेता विमलेन्द्र निधीले बताएका छन । निधिले ट्वीटरमार्फत् जानकारी दिएका छन्। ‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुबैमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ,’ निधिले लेखेका छन्। निधि र राउतबीच बुधबार भेटवार्ता भएको थियो। त्यहाँ राउतले मधेस प्रदेशमा सरकारको नेतृत्व पाउनुपर्ने प्रस्ताव राखेका थिए।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार १८:३२