२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

चुनाव भएकाे १२ दिनमा बाजुराकाे मतगणना सुरु

१५ मंसि, काठमाडाैं । बाजुरामा मतगणना सुरु भएको छ । चुनाव भएकाे १२ दिनपछि बाजुरामा मतगणना सुरु भएकाे हाे । बिहीबार बसेकाे सर्वदलीय बैठककाे निर्णयअनुसार मतगणना सुरु गरिएकाे जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

गत मंसिर ४ गते भएको आम निर्वाचनका क्रममा भएको विवादका कारण हालसम्म मतगणना कार्य सुरू हुन सकेको थिएन। निर्वाचन आयोगको टोलीले निर्वाचनका क्रममा भए गरेका घटनाबारे जाँचबुझ गरी प्रतिवेदन पेस गरेपछि मतगणना गर्न आयोगले निर्देशन दिएको थियो ।

बुधबार नै आयोगले मतगणना गर्न निर्देशन दिए पनि दलहरू सहभागी नभएपछि मत गणना सुरु भएको थियो । बिहीबार भने दलहरुबीच सहमति भएपछि मतगणना सुरु गरिएकाे हाे ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार १६:४५