२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नुवाकोटको बेलकोटगढी ११ मा फोहोर व्यवस्थापनका लागि समूदायमा डस्बिन वितरण

१५ मंसिर, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ ले फोहोर व्यवस्थापनका लागि डस्बिनको प्रयोग सुरू गरेको छ । पहिलो चरणमा बजार क्षेत्रमा उत्पादन हुने प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि डस्बिन प्रयोगमा जोड दिइएको वडा अध्यक्ष प्रकाशजंग पाण्डेले दैनिकीलाई जानकारी दिए ।

अध्यक्ष पाण्डेले पहिलो चरणमा फोहोर बढी उत्पादन हुने स्थानका लागि फोहोर मलाइ लेखिएका ७ वटा बाल्टिन र ३ वटा ड्रम बितरण गरिएको बताए । उनले यसको प्रयोग र उपयोगिता हेरिर विस्तार गरिने बताए । फोहोर संकलन डस्बिनमा गर्ने र एकीकृत गरी त्यसलाई नष्ट गर्ने बिधिका बारेमा बताएको अध्यक्ष पाण्डेले बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार ०७:२९