२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

स्याङजा २ मा एमालेकी पद्मा अर्यालको अग्रता, प्रदेशमा पनि एमालेकै अग्रता

१५ मंसिर, स्याङजा । स्याङजा २ मा नेकपा एमालेकी सचिव पद्मा अर्यालले अग्रता लिएकी छिन । गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ एवं भिरकोट गाउँपालिकाको ५, ६ र ७ नम्बर वडाको मतगणना सम्पन्न हुँदा एमालेकी अर्याल ११ मतले अगाडी रहेकी छिन ।

अर्यालले २९२० मत प्राप्त गरेकी छिन भने कांग्रेसका धनराज गुरूङले २९०९ मत प्राप्त गरेका छन ।  त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५८९ मत प्राप्त गरेका छन ।

सोही क्षेत्रको प्रदेशसभा १ मा एमालेका मोहन रेग्मीले ४१२ मतले अग्रता लिएका छन । उनले २७९० मत प्राप्त गरेर अग्रता लिइरहेका छन । त्यस्तै कांग्रेसका भोजराज अर्यालले २३७८ मतसहित पछ्याइरहेका छन ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार ०७:१४