१५ वर्षिय किशाेरीलार्इ लखेट्दै लगेर वलात्कार गरेकाे खुलासा
३ असाेज, काठमाडौँ । चार किशोरकिशोरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ उमेर समूहका थिए । हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे । पहिरोको कारण ट्याक्टर गन्तव्यमा पुग्न सकेन । ट्याक्टरले राती करीब ८ बजे अन्नपूर्ण गाउँपालिका ६ घारको धरमपानी खोला नजिकको मुना बाल विकास भवन नजिकै ओराल्यो । ठाउँ एकान्त थियो । रात परिसकेकाले उनीहरु अलमलमा परे ।
बास खोज्दै गर्दा गाँजा र चुरोट तान्दै गरेका तीन युवा प्रकाश छिनाल, अर्जुन परियार र नविन परियारको नजर १५ वर्षीया किशोरीमाथि पर्यो ।उनीहरुले अपरिचित बालिकाहरुलाई जिस्क्याउँदै हातपात गर्न खोजे । आक्रामण हुन थालेपछि बालबालिका मोटरबाटो हुँदै आएकै बाटो भागे । युवाहरुले भवानीथानसम्म लखेटे । सडकमा बत्ती थिएन । भाग्दै गरेकी १५ वर्षीया किशोरीलाई उनीहरुले मुख थुन्दै एकान्ततिर लगेर बलात्कार गरेको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार ०८:१०