२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

दोलखाको पुन: निर्वाचनमा निर्धक्क भएर सहभागि हुन अपिल, तीन गुणा बढी सुरक्षाकर्मी परिचाल

१३ मंसिर, दोलखा । दोलखामा बिहीबार हुने पुन: निर्वाचनमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ । निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा ब्यवस्था कडा बनाइएको हो । दोलखामा मंसिर ४ गते बुथ कब्जा भएका वैतेश्वर र तामाकोसीका चार मतदान केन्द्रका १० वटा बुथमा हुन गइरहेको निर्वाचनमा सुरक्षा ब्यवस्था कडा बनाइएको र निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरिने गरि तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिए ।

प्रजिअ खतिवडाका अनुसार पुन: निर्वाचनमा यसअघि खटिएका सुरक्षाकर्मी भन्दा तीन गुण बढी सुरक्षाकर्मी परिचालन गरिनेछ भने निर्वाचन हुने क्षेत्र पुरै सिल गरिनेछ ।

निर्वाचनलाई भयरहीत बातावरणमा सम्पन्न गर्न र डर क्रासरहित बनाउन आफ्नो तर्फबाट कुनै कशर बाँकि नराखिने भन्दै सबैलाई निर्धक्क साथ मतदानमा सहभागि हुन र त्यसको सुरक्षा ब्यवस्था दिने जिम्मेवारी आफूहरुको भएको बताए ।

त्यस्तै, खतिवडाले राजनीतिक दलहरुले इमानदारीता देखाएमा सुरक्षा ब्यवस्थाको आवश्यक नपर्ने भन्दै सबै राजनीतिक दलहरुलाई समन्वय गर्न पनि आग्रह गरे ।

दोलखाको वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रको क, ख, ग, तामाकोसी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख मा पर्सी बिहीबार पुन:मतदान हुन लागेको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार १६:५६