नैतिकता बिनाको कानुनको कुनै अर्थ छैनः प्रा डा युवराज संग्राैला
३ असोज, काठमाडाैँ । संविधानका जानकार पूर्व महान्याधिवक्ता प्रा डा युवराज संग्राैलाले नेपाल जोगाउने हो भने नैतिकताको बहस छेड्नुपर्नेमा जोड दिएका छन । संविधान दिवसको दिन बिहानै अाफ्नो फेसबुकमा स्टाटस राख्दै प्रा डा संग्राैलाले अहले नैतिकता खडेरी लागेको र नेपाल जोगाउनका निम्ति नैतिकताको बहस छेड्नु अावश्यक रहेको बताएका हुन । उनले नैतिकता विनाको कानुनको कुनै अर्थ नहुने भन्दै पाँच बुँदामा अाफ्नो कुरा राखेका छन ।
प्रा डा संग्राैलाले राखेको मननीय कुरा यस्ता छन
पश्चिमी कानुनी दर्शनले भन्छ, कानुन भए पुग्छ नैतिकता चांहिदैन। यो सिधाान्त शासकले आफ्नो अधिपत्य कायम राख्न बनाएका थिए पस्चिममा। मलाइ लाग्छ, नैतिकता बिनाको कानुनको कुनै अर्थ छैन।
१. अहिले नेपालमा नैतिकताको खडेरी छ। नैतिकता पतन भए पछि मानिस घिनलाग्दो हुदों रहेछ।
२. सतामा बसेको छ, संबिधानको सपथ खाएको छ, फेरि आन्दोलनको नाममा ब्ल्याक आउट गर्छ।
३. नागरिक छ, आफ्नो संबिधान आफैं बोक्दैन। उस्को नागरिकताको स्रोत तेहि संबिधान हो भन्ने जान्दैन।
४. मातृभुमीको विरुद्ध बिदेशीको पैसा खाएर षड्यन्त्र गर्छ, आमालाई बलात्कार गर्छ।
५. आफू गर्दैन, गर्ने मरोस भनेर सराप्छ।
अराजकता नैतिकता पतनको फल हो। अराजकताले उसैलाइ समाप्त पार्छ जो अराजकता बोकेर हिडेको छ। नेपाल जोगाउने हो भने नैतिकताको बहस छेड्यौ।
डा संग्राैलाकै फेसबुकमा पढ्न तलको लिंक खोल्नुहोस
प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार ०७:४१