२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

चुनावमा धाँधली भयो, सर्वसाधारणमाथि गोली चलाइयोः ओली

१३ मंसिर, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा उनले यस्ताे बताएका हुन् ।

एमालेका कार्यकर्तामाथि धडपकड र गोली प्रहार गरेर सरकारले निरंकुशता देखाएको उनको आरोप छ । सरकारले निर्वाचनका क्रममा प्रशासनको दुरुपयोग गरी चुनाव जित्न खाेजेको समेत उनले बताए । उनले बाजुरा दाेलखालगायतका जिल्लामा धाँधली भएकाे समेत बताए ।

ओलीलाई बधाई दिँदै कार्यकर्ताहरूले प्रधानमन्त्री बन्नाेस् भनी शुभेच्छासमेत प्रकट गरेका थिए । संसदीय निर्वाचनकाे नतिजा हेर्दा कांग्रेस र एमालेबीच ९-१0 सिटकाे फरक पर्ने देखिएकाे छ । त्यही कारण एमाले पनि सरकार बनाउने गृहकार्यमा जुटेकाे छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार १५:५६