१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अवैध लागूऔषधसहित ४ जना पक्राउ

१३ मंसिर, काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ। उनीहरु कञ्चनपुर, कैलाली र झापाबाट पक्राउ परेका हुन् ।

कञ्चनपुर, बेलौरी नगरपालिका-७ कालोपुल र कैलाली गोदावरी नगरपालिका-३ बस्ने ४६ वर्षीय कर्ण बिकसहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सुप्रप०१ ००१ ह २८१२ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९१ मिलिग्राम सहित उक्त पदार्थ फेला पारी अटोका चालक बिकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, भारत घर भएका २२ वर्षीय रजिया आलमलाई पनि प्रहरीले सोमबार राति पक्राउ गरेको छ । झापा, मेचीनगर नगरपालिका–१० धुलाबारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्रामसहित आलमलाई पक्रउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार १२:३९