२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

रघुवीर-जुली यो चुनावमा पति-पत्नी नै प्रत्यक्षतर्फ चुनाव जितेर संसद प्रवेश गर्ने एकमात्र जोडी

१३ मंसिर, काठमाडौँ । नेकपा एमालेका सचिव रघुवीर महासेठ र पोलिटब्यूरो सदस्य जुलीकुमारी महतो दुबै जना प्रत्यक्षतर्फबाट प्रतिनिधिसभामा विजयी भएका छन । धनुषा ४ बाट महासेठ कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरमा पराजित गर्दै विजयी भए ।

त्यस्तै महतो धनुषा ३ मा लोसपाका अनिल झालाई ९७०२ मतान्तरमा पराजति गरिन । यो चुनावमा श्रीमान र श्रीमति (पति-पत्नी) दुबै प्रत्यक्षमा चुनाव जितेर संसद प्रवेश गर्ने एकमात्र जोडी भएको छ महासेठ र महतोको ।

धनुषा ४मा महासेठले ३२२३६ मत प्राप्त गरेका छन भने कांग्रेसका यादवले ३२११२ मत प्राप्त गरेका छन । त्यस्तै महतो ३३ हजार ३८८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी झाले २३ हजार ६८६ मत ल्याए ।

एमालेको मधेश प्रदेशका इन्चार्ज समेत रहेका महासेठले आफूमात्र जितेनन् उनले प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा मधेश प्रदेशमा एमालेलाई पहिलो हैसियत पनि दिलाएका छन ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार ११:०२