२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

एमाले नेता लक्ष्मी महतोद्धारा आफ्नै खर्चमा स्वास्थ्य चौकी निर्माणको शिलान्यास, एम्बुलेन्स पनि दिने

१२ मंसिर, महोत्तरी । महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी नेकपा एमालेका नेता लक्ष्मी महतोले आफ्नै खर्चमा स्वास्थ्य चौकी निर्माणको घोषणा गरेर शिलान्यस गरेका छन । चुनाव जितेको भोलिपल्ट महतोले आफ्नै खर्चमा बर्दिबास ३ रजवासमा स्वाथ्य चौकी र शिव मन्दीर निर्माणको शिलान्यास नै गरेका छन  । उनले बर्दिबास ३ को लागी तत्काल एउटा एम्बुलेन्स दिने घोषणा समेत गरेको एमाले नेता गुरू भट्टराइले जानकारी दिएका छन । उनले पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेकपा माअोवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाइ पराजित गरेका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार १८:४१