२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

प्यूठानमा समानुपातिकमा एमालेको मत कांग्रेस र माओवादीको भन्दा दोब्बर

१२ मंसिर, काठमाडाैँ । प्यूठानमा मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ। प्राप्त परिणामअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा एमालेले सबैभन्दा धेरै मत पाएको छ। प्रतिनिधीसभा समानुपातिक तर्फको मत गणना अनुसार एमालेले ३३ हजार ८ सय ४ मत प्राप्त गरेको छ भने कांग्रेसले १७ हजार ८ सय ५१ मत पाएको छ ।

माओवादी केन्द्रले १३ हजार ३ सय ३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। । राष्टीय जनमोर्चा ९ हजार ९५८ मतका साथ चौथो पार्टी भएको छ । त्यस्तै, राष्टीय स्वतन्त्र पार्टीले ५ हजार ८५१ र राष्ट्रीय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ हजार २३६ मत पाउँदा एकीकृत समाजबादीले जम्मा ४३६ मत प्राप्त गरेको छ ।

यहाँ ८८ हजार ९ सय ६८ मत झरेको थियो भने ५ हजार २ सय ७८ मत बदर भएको थियो । यस्तै,प्रदेशसभा समानुपातिकतर्फ प्युठानमा एमालेले ३५ हजार ३ सय ३६, कांग्रेसले १६ हजार ४ सय ७५ र माओबादी केन्द्रले १४ हजार २७५ पाउँदा राष्टीय प्रजातन्त्र पार्टीले १ हजार ४ सय १६ मत पाएको छ। राष्ट्रिय जनमाेर्चाले १२ हजार ४ सय मत प्राप्त गरेको छ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार १७:५८