२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

रामकुमारी झाँक्री एमाले फर्किने संकेत, विष्णु पाैडेलसँगको हँसमुख तस्बिर सार्वजनिक

१२ मंसिर, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेतृ रामकुमारी झाँक्रीले एमालेमै फर्किने संकेत दिएकी छिन । प्रतिनिधिसभा निर्वाचनमा गुल्मी २ बाट पराजित भए लगत्तै विजेतालाई बधाई दिएलगत्तै काठमाडौँ फर्किएकी झाँक्री मतदाताको माग बमोजिम धन्यवाद दिन गुल्मी जानेक्रममा सोमबार भैरहवा विमानस्थलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र खिमलाल भट्टराईसँग भेटेकी झाँक्री हँसमुख सहितको तस्बिर सार्वजनिक गरेर तस्बिरमा सन्देश छ भनेर अनुमान गर्नेहरूका लागि ठाउँ दिइन ।

समाजवादीभित्र असन्तुष्ट रहेकी झाँक्रीले एक समय नयाँ पार्टी खोल्ने कार्ड फ्याँकेर पनि एमाले फर्किने कोशिश गरेकी थिइन । तर पछि समाजवादीमै माधव नेपालहरूले सामूहिकतामा चल्ने वचन दिएपछि झाँक्री त्यो बहसबाट पछि हटेकी थिइन ।

मंसिर ४ को चुनावमा पाँच दलीय गठबन्धनका लागि समाजवादीबाट उम्मेदवार बनेपनि झाँक्री २०८४ मतले एमाले सचिव गोकर्ण विष्टसँग पराजित भैइन । पहिलो पटक संसदीय चुनावमा प्रत्यक्ष प्रतिस्पर्धा गरेकी झाँक्रीमा भूगोलको राजनीति गर्ने चाह बढेको छ । उनले मतदाताको माग बमोजिम नै आज गुल्मी जान लागेको बिहान बताएकी थिइन ।

गुल्मी २ मै एमालेबाट संसदीय राजनीतिमा प्रतिर्धा गरे पनि अर्को चुनावबाट अवसर पाउने सम्भावना देखेकी झाँक्रीले कुनै पनि समय एमाले फर्किएको घोषणा गरिन भने पनि अन्यथा हुने छैन । एमालेमा विधिको कुरा गरेर नथाक्ने माधव नेपालले समाजवादीलाई खल्तीमै राखेर चलाएपछि उनीहसितका केही युवा नेता असन्तुष्ट रहेका छन ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार १६:३२