२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

प्रदेश १ मा २४ सिटसहित एमाले बन्याे पहिलो दल, एकीकृत समाजवादी २ सिटमा सीमित

१२ मंसिर, काठमाडौं । गत ४ मंसिरमा सम्पन्न भएको प्रदेशसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । निर्वाचन आयोगले हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार प्रदेश नम्बर १ मा नेकपा एमाले २४ सिटसहित पहिलो पार्टी भएको छ । प्रदेश १ मा पाँच दलले मात्रै जित हासिल गर्न सकेका छन् ।

यसैगरी, सत्तारुढ नेपाली कांग्रेस भने १४ सिटसहित दोस्रो स्थानमा रहेकाे छ भने माओवादीले प्रदेश १ मा जम्मा ७ वटा सिटमा जित हासिल गरेको छ ।

निर्वाचन आयोगका अनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले जम्मा २ सिटमा सीमित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि २ सिट नै विजय हासिल गरेको छ । केही क्षेत्रको मतगणना अझै जारी छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार १२:४८