१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

धनकुटाको मूलघाट केन्द्रविन्दु भएर गयाे भूकम्प

१२ मंसिर, काठमाडाैं । धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल सात रेक्टरस्केलको भूकम्प गएको थियो । केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार १२:४३