२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

विजयकुमार गच्छदारलाई पछि पार्दै सुनसरी-३ मा एमालेकी भगवती चौधरीकाे अग्रता कायमै

१२ मंसिर, काठमाडाैं । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीकाे अग्रता कायमै रहेकाे छ । नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई निरन्तर पछि पार्दै चौधरीले अग्रता कायमै राखेकी हुन् ।

चौधरीले २७ हजार ९ सय ७१ मत ल्याउँदा गच्छदारले २३ हजार ६ सय ६४ मत पाएका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ६ हजार २० मत पाएका छन् भने राप्रपाका कुलदीप चौधरीले १ हजार ६ सय ४१ मत ल्याएका छन्।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार ०९:५३