२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

धनुषा ४ मा एमालेका रघुवीर महासेठको पुनः अग्रता, एमालेले जितेको मिथिलाको मतगणना हुँदै

११ मंसिर, काठमाडाैँ । धनुषाको क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठले पुनः अग्रता कायम गरेकाछन । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई उछिन्दै महासेठले १९० मतको अग्रता लिएका छन । हालसम्म भएको मतगणनामा महासेठले २४ हजार ५८२ मत प्राप्त गरेका छन । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यादवले २४ हजार ४४८ मत प्राप्त गरेका छन । अब मिथिला नगरपालिकाको ११ वटा वडाको १९ हजार ९०८ मत गणना बाँकी रहेको छ । मिथिला नगरपालिका एमालेको पकड रहेको क्षेत्र हो । यसअघि भएको स्थानीय निर्वाचनमा गठबन्धन हुँदा पनि एमालेले मेयर र उपमेयरसहित बहुमत जितेको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार २१:१३