२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

शेरबहादुर देउवाको सन्देश बोकेर कांग्रेस नेता प्रकाशमान सिंह केपी शर्मा ओलीको निवासमा

११ मंसिर, काठमाडौँ । निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिएर काठमाडौं फर्के लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेताहरु बालकोट धाउन थालेका छन् । भावी सरकार गठनको विषयमा अध्यक्ष ओलीसँग परामर्श गर्न काँग्रेस नेता प्रकाशमान सिंह केहीबेर अघि बालकोट पुगेका छन ।

सिंहका सहयोगी यूपी लामिछानेले बताए अनुसार अध्यक्ष ओलीलाई बधाइ दिनका लागि सिहं बालकोट पुगेका हुन । ‘उहाँहरुको सम्बन्ध पहिलादेखि नै सुमधुर हो । त्यसैकारणले बधाइ दिन जानु भएको हो ।’ ओलीलाई पनि प्रकाशमान सिंहलाई बधाइ दिनुभयो’ लामिछानेले भने ।

सिंह र ओलीको बीचमा सरकार गठन लगायतको विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ । सिंह आफैँ कांग्रेसभित्र प्रधानमन्त्रीको आकांक्षीको रूपमा रहेको भए पनि शेरबहादुर देउवाको प्रतिनिधिको रूपमा गएको कांग्रेस स्रोतले जनाएको छ ।

उनले ओलीसँग सरकार गठनको विभिन्न विकल्पका विषयमा कुरा गरेको बुझिएको छ । कांग्रेसमा गगन थापाको प्रधानमन्त्री बन्ने अभियान तीव्र भएपछि देउवाले आफ्नै नेताहरूसँग उजुरी लिएर रोक्ने कोशिश गरिरहेको समयमा देउवाको प्रतिनिधि बनेर सिंहले ओलीसँग भेटवार्ता गरेको विषयलाइ अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार १९:१५