४ मंसिर २०८१, मंगलवार | Wed Nov 20 2024

किंगफिसर बियर खाँदा मलेसियामा १९ जनाको मृत्यु, धादिङका घलेसहित तीन नेपालीको सनाखत

२ असोज, काठमाडाैँ ।  किंगफिसर बियर,  मण्डले ह्विस्की र  ग्राण्ड रोयल ह्विस्की खाँदा मलेसियामा १९ जनाको ज्यान गएको छ । रक्सी खाएर ज्यान गुमाउने मध्ये चार जना नेपाली रहेका छन । चार नेपाली मध्ये तीन जनाको सनाखत भएको छ । मलेसियाका लागि नेपाली राजदूत कुमारराज खरेलका अनुसार सञ्जय उराव र विशाल बुढाथोकीको सनाखत भएको छ ।

त्यस्तै धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ६ बसेरीका २४ वर्षीय विकास घले रहेका छन । घलेको मत्युको उनीहरूको परिवारले पनि पुष्टि गरेको छ । मलेसियाका स्वास्थ्य विभागका निर्देशक डाक्टर नूर हिशाम अब्दुल्लाहका अनुसार त्यहाँको स्वास्थ्य विभाग र प्रदेशले गरेको अनुसन्धानमा बिरामीले क्वालालम्पुर सेलांगोर क्षेत्रबाट लामो समयदेखि कडा खालको रक्सी किनेको खुलाशा भएको छ ।

बिरामीको शरीरबाट निकालिएको रक्सीको नमुना बजारमा पाइने रक्सीको नमुनाको टेष्ट हुने उनले बताएका छन् । बिरामीहरुबाट लिइएको जानकारीअनुसार उनीहरुले तीनवटा ब्राण्डका रक्सी किनेका थिए । स्थानीय कारखानाहरुमा काम गर्ने विभिन्न देशका मजदुरहरुले सोमबार सार्वजनिक बिदा भएकाले खाने पिउने गरेको बताइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलवार २२:३३