२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

धाँधली गरेर एमालेले चुनाव हराएको भन्दै झलनाथ खनाल इलाम छाडेर हिडेँ

११ मंसिर, इलाम । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल धाँधली गरेर एमालेले चुनाव हराएको भन्दै इलामबाट हिँडेका छन । मतगणनास्तलबाट आक्रोशि हुँदै निस्किएका खनाल काठमाडौँ फर्किने गरी हिँडेका हुन । उनले दुबै प्रदेशमा गठबन्धनले जित्ने र प्रतिनिधिसभामा आफूलाई षडयन्त्रपूर्वक हराइएको र यसको सँधै बिरोध गर्ने बताएका छन ।

मतगणनामा धाँधली भएको बताउँदै पुनः मतदानको माग गरेका खनालको माग निर्वाचन अधिकृतको कार्यालयले पूरा गर्न नसकेपछि उनी थप आक्रोशित बनेका थिए । खनालले धाँधलीपूर्ण नाटक हेरेर बस्न नसकेको बताएका छन । खनालले इलाम १ को चुनावी परिणाममा आफ्नो सधैँ विरोध रहिरहने बताएका छन ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार १६:३६