२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

इलाम १ मा एमालेका महेश बस्नेतकाे अग्रता, पछि पर्दै झलनाथ खनाल

११ मंसिर, काठमाडौं। इलाम क्षेत्र नम्बर १ र सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु भएको छ । पछिल्लो विवरणअनुसार इलाम १ मा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । उनलाई एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछ्याइरहेका छन् ।

बस्नेतले २३ हजार ९५ मत पाउँदा खनालले २० हजार ८९६ मत पाएका छन् । सुनसरी ४ मा भने सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिएका छन् ।

उनले २३ हजार ४३९ मत ल्याएर अग्रता लिइरहँदा एमालेका जगदिशप्रसाद कुसियैतले २३ हजार ३४१ मतसहित पछ्याइरहेका छन् । रोकिएको दुवै क्षेत्रको मतगणना अहिले भइरहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार १४:१७