२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

परमादेशी गठबन्धनलाई निरन्तरता दिन भारतीय राजदूतको दाैडधुप, देउवा र प्रचण्डसँगै छुट्टाछुट्टै वार्ता

१० मंसिर, काठमाडाैँ । भारतीय राजदूत नवीन श्रीवास्तवले पाँच दलीय परमादेशी गठबन्धनको निरन्तरताका लागि दाैडधुप सुरू गरेका छन । निर्वाचन मतपरिणामसँगै वामपन्थीहरू एक हुनुपर्ने भन्दै दबाब बढ्दै गएको परिस्थितिमा राजदूत श्रीवास्तवले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री प्रचण्डसँग छुट्टाछुट्टै वार्ता गरेका हुन ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आइरहेको र नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले जानकारी दिए । भेटमा भारतीय राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा चासो राखेका थिए ।

राजदूत श्रीवास्तवले आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो राखेकोमा प्रधानमन्त्री देउवाले सबै परिणाम नआइसकेकाले अहिले नै त्यसबारे छलफल नभएको बताएका थिए । यस्तै नेकाप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उनको भेटवार्ता भएको छ । शनिबार प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भारतीय राजदूत नविन श्रीवास्तव खुमलटारमै पुगेर अध्यक्षज्युसँग भेटवार्ता गरेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड र श्रीवास्तवबीच समसमायिक विषयमा पनि छलफल भएको थियो । राजदूत श्रीवास्तवले यसअघि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार २२:४८