२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

लोकप्रिय मतमा निरन्तर एमाले अगाडि, २२ लाख मत कटायो

१० मंसिर, काठमाडाैँ । प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिक तर्फ नेकपा एमालेले २२ लाख मत कटाएको छ । शनिबार राित ११ बजेसम्ममा एमालेले २२ लाख २३ हजार ८ सय ८१ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले २१ लाख २८ हजार ५ सय ७३ मत प्राप्त गरेको छ । २० लाख २७ हजार ४१८ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ८ लाख ९५ हजार ८६४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ६२ हजार ८९२ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ६० हजार ३०२ मत पाउँदा जनता समाजवादी पार्टीले २ लाख ४९ हजार ६२४ मत पाएको छ । नेकपा एकीकृत समाजवादीले १ लाख ९५ हजार ३४४ मत पाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार २२:३७