२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

मुगु (१) मा एमालेका जितबहादुर मल्ल विजयी

मुगु प्रदेशसभा (१) मा नेकपा (एमाले)का जितबहादुर मल्ल विजयी हुनुभएको छ । मल्लले छ हजार छ सय १८ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का गोपालबहादुर बमले पाँच हजार चार सय ४५ मत ल्याएर पराजित हुनुभएको छ । एक हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार १०:१४