२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

पाँच वर्षमा भएका काम सन्तोषजनक नै छ, बाँकी काम नयाँले गरूनः केशवराज पाण्डे

९ मंसिर, काठमाडाैँ । नेकपा एमालेको बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले पाँच वर्षमा सन्तुष्ट हुनेगरी नै जनताको काम गरेको बताएका छन । नुवाकोट २ (१)मा विजयी भएका नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुंगानालाई  बधाई दिँदै अध्यक्ष पाण्डेले विगतमा सुरू भएका कामले निरन्तरता पाउने अपेक्षा गरेका छन । उनले बाँकी काम पूरा गर्ने काम आगामी नेतृत्वले गरोस भन्ने शुभकामना पनि दिएका छन ।

पाण्डेको टिप्पणी यस्तो रहेको छ

हार्दिक आभार तथा धन्यवाद!
नुवाकोट क्षेत्र २(१)बाट नेकपा (एमाले) को सुर्य चिन्हमा मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु । विजेता राम प्रसाद ढुङ्गाना लाई बधाई तथा शुभकामना । बिगत ५ वर्षमा जे जति काम भए पूर्ण सन्तुष्ट नभए पनि जनताले गाली गर्ने गरि स्थान दिए जस्तो लाग्दैन र जती गर्न बांकि छन् बांकि रहेका काम आगामी नेतृत्वले गरोस शुभकामना ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार २०:४४