२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

मुलुकको समग्र विकासका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यकः अध्यक्ष ओली

९ मंसिर, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा झापा–५ बाट विजयी भएपछि गौरीगञ्जमा आज आयोजित ¥यालीलाई सम्बोधन गर्दै उहाँले नागरिकको जीवनस्तर उकास्नका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले मुलुकको समग्र विकासका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताउनुभयो । अपेक्षाकृत मत एमालेले प्राप्त गर्न नसकेको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले निर्वाचनको निष्पक्षतामा प्रश्न गर्नुभयो । उहाँले प्रत्यक्षतर्फ एमालेले केही सिट गुमाएपनि समानुपातिकतर्फ पहिलो पार्टी हुने दाबी गर्नुभयो । क्षेत्र नंं ५ मा पर्ने कमल गाउँपालिकाको वडा नं. ५ को वसन्त चोकदेखि सुरु भएको विजयी ¥यालीमा सहभागी हुँदै उहाँ सिमावर्ती गौरीगञ्ज सम्म पुग्नु भएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १९:२८