२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

सुनसरी–१ (१) मा एमालेका रमेशकुमार बस्नेत विजयी

९ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेकपा (एमाले) का उम्मेदवार रमेशकुमार बस्नेत विजयी हुनुभएको छ । आज सार्वजनीक भएको प्रदेशसभाको अन्तिम मतपरिणामअनुसार बस्नेतले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई एक हजार तीन सय ५० मतान्तरले पराजित गर्नुभएको हो ।

बस्नेतले ११ हजार एक सय दुई तथा कांग्रेसका थापाले नौ हजार सात सय ५२ मत प्राप्त गर्र्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा (१) मा कुल ३९ हजार सात सय १३ मत खसेकामा ३७ हजार नौ सय ४२ मत सदर भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १८:३३