२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

महोत्तरी ३ मा महन्थ ठाकुरले लिए अग्रता

९ मंसिर, काठमाडौं । महोत्तरी ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अग्रता कायम गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)का हरिनारायण यादवसँग सुरुदेखि नै पछि परिरहेका ठाकुरले पछिल्लो मतपरिणामअनुसार ७७ मतले अग्रता लिएका हुन् ।

ठाकुरले १३ हजार १७८ मत प्राप्त गरेका छन् । जसापका यादवले १३ हजार १०१ मतसहित ठाकुरलाई पछ्याइरहेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १५:३३