२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

पाल्पा २ मा एमालेका ठाकुर गैरेको जित सुनिश्चित

९ मंसिर, काडमाडाैं  । मतगणाना जारी रहेपनि पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेकाे जित सुनिश्चित रहेकाे छ । सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका सोमप्रसाद पाण्डेलाई फराकिलो मतान्तरले पछि पार्दै गैरे जितकाे नजिक पुगेका हुन् ।

पछिल्लो मत परिणामअनुसार गैरेले २७ हजार २८८ प्राप्त गरेका छन् भने पाण्डेले २२ हजार ९९५ मत पाएका छन्। पाण्डे भन्दा गैरे ४ हजार २९३ मतान्तरले अगाडि रहेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १२:१४