२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

समानुपातिक मतगणना जारी: १० लाख १७ हजार ६५६ मतसहित एमाले शीर्षस्थानमा

९ मंसिर, काठमाडौं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) ले १० लाखभन्दा बढी मत ल्याएर शीर्षस्थानमा छ ।

निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले ९ लाख ७० हजार ८७७ मत पाएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ८४ हजार ८८६ मत पाएको छ ।

नेकपा माओवादी केन्द्रले ४ लाख ४६ हजार ५९४ मत ल्याएकाे छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार १२० मत ल्याएको छ ।

जनता समाजवादी पार्टीले १ लाख २९ हजार १५७ मत ल्याउँदा जनमत पार्टीले ७७ हजार २५९ र नेकपा एकीकृत समाजवादी पार्टीले ७१ हजार ६६७ मत पाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १०:३७