२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

नवलपरासी पूर्व-१ मा कांग्रेसका शशांक कोइराला विजयी

८ मंसिर, काठमाडौं । नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गर्दै कोइराला विजयी भएका हुन्।

कोइरालाले २७ हजार ६७ मत प्राप्त गरेका छन् भने पौडेलले २५ हजार ४७ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १३:४५