२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

झापा–४ मा एमालेका एलपी साँवा विजयी

८ मंसिर, काठमाडाैं । झापा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेद्वार लालप्रसाद (एलपी) साँवा विजयी भएका छन् । उनले २९ हजार तीन सय १५ मत प्राप्त गरेर विजयी भएका निर्वाचन अधिकृत प्रकाश गौतमले बताए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार चार सय ४८ मत प्राप्त गरेका छन् । साँवाले विसं २०७४ को निर्वाचनमा पनि थेबेलाई पराजित गर्दै विजयी बनेका थिए ।

यसैगरी घण्टी चुनाव चिह्नका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको भनाइ छ । एक लाख २३ हजार एक सय २४ मतदाता रहेको यस क्षेत्रमा ७९ हजार चार सय ८३ मतदाताले मतदान गरेका थिए । जसमा चार हजार छ सय ४७ मत बदर छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १३:१८