२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

रौतहट १ बाट माधव नेपाल ६ हजारभन्दा बढी मतले विजयी

८ मंसिर, रौतहट । रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे । नेपालले ३३ हजार ५ सय २२ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ९२२ हजार मत ल्याएका छन् ।

अघिल्लाे निर्वाचनमा एमालेबाट काठमाडाैं २ मा विजयी भएका नेपाल नयाँ दल खाेलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिई राैतहट १ मा विजयी भएका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १२:३९