२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

रूपन्देही-२ मा विष्णु पौडेलकाे अग्रता कायमै, पछि पर्दै गणेश पौडेल

८ मंसिर, काठमाडाैं । रूपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेलकाे अग्रता कायमै रहेकाे छ ।

पछिल्लो मतपरिणाम अनुसार पौडेलले राष्ट्रिय स्‍वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाइ ८३७ मतान्तरले पछि पारेका छन् । विष्णुप्रसादले १५,५६७ मत पाएका छन् भने गणेशले १४ हजार ७३० मत ल्याएका छन् ।

तेस्रो स्थानमा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगर रहेका छन् ।  मगरले १४,५४५ मत पाएका छन्।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १२:१९