२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

तनहुँ-१ बाट कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित

८ मंसिर, काठमाडाैं । तनहुँ-१ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । नेकपा एमालेका एकबहादुर रानालाई  हराउँदै पौडेल निर्वाचित भएका हुन् । पौडेले २५ हजार ३१८ मत ल्‍याएका छन् भने रानाले १९ हजार ९४३ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १०:२१