२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

रूपन्देही-२ काे १ बाट एमालेका लिला गिरी विजयी

८ मंसिर, भैरहवा। रूपन्देहीकाे क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट नेकपा एमालेका लिला गिरी विजयी भएका छन् । लुम्बिनी प्रदेश सरकारको मन्त्रीकाे पद सम्हालेका गिरी १७ हजार ६३२ मतसहित विजयी भएका हुन् ।

उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई २ हजार ७३५ मतले पराजित गरेका हुन् । केसीले १४ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् ।

६३ हजार ५ सय ३ मतदाता रहेकाे प्रदेश सभा १ मा २ हजार २ सय ५४ मत बदर भएकाे छ भने ३८ हजार ५ सय २६ मत सदर भएकाे छ । विजयी भए पनि औपचारिक घाेषणा सबै मतगणना सकिएपछि गरिने निर्वाचन अधिकृतकाे कार्यलयले जानकारी दिएकाे छ । निर्वाचित गिरी लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री दाबेदारको रुपमा चर्चामा रहेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १०:१५