२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

डोटीमा नेकपा (एकीकृत समाजवादी)का प्रेम आलेको ह्याट्रिक

८ मंसिर, धनगढी । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य प्रेमबहादुर आलेले संसदमा तेस्रो ह्याट्रिक गरेका छन् ।  ०७० र ०७४ मा एमालेबाट विजयी बनेका उनी यस पटक एकीकृत समाजवादीबाट सांसदमा निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको डोटीबाट आले ४ हजार २०६ मतान्तरसहित विजयी भएका हुन् । आले २७ हजार २१० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गरिन् । कांग्रेसका बागी नरेन्द्रबहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गरे ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ०८:२६