२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

कर्णाली प्रदेशसभामा एमालेको दोस्रो जित, सुर्खेत २ (१)मा यमलाल कँडेल विजयी

८ मंसिर, सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (१) मा नेकपा (एमाले)का उम्मेदवार यमलाल कँडेल विजयी हुनुभएको छ । उहाँले १८ हजार पाँच सय ६१ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार चार सय मत ल्याउनुभएको थियो ।

यस्तै नेकपा (माओवादी केन्द्र)का सूर्यबहादुर खत्रीले तीन हजार छ सय ८५ मत ल्याउँदा नेकपा (एकीकृत समाजवादी)का शिवप्रसाद उपाध्यायले एक हजार दुई सय ७५ मत प्राप्त गर्नुभएको छ । कर्णालीको प्रदेशसभामा अहिलेसम्मको मतपरिणामा एमालेको यो दोस्रो जित हो । यसअघि एमालेका टेकराज पछाइ विजयी भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ०७:५७