२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

बझाङमा एमालेका ऐन महरलाई हराउँदै नेकपा (एस)का भानुभक्त जोशी विजयी

८ मंसिर, बझाङ । बझाङमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार भानुभक्त जोशी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको मतगणनामा उहाँ नौ सय ९८ मतान्तरले निर्वाचित हुनुभएको हो । उहाँले २८ हजार एक सय ४३ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार ऐनबहादुर महरले २७ हजार एक सय ४५ मत गर्नुभएको मुख्य निर्वाचन अधिकृत नन्दकिशोर राय यादवले बताउनुभयो ।

प्रदेशसभा (१) बाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले तीन हजार सात ७६ मतान्तरले विजयी हुनुभएको हो । उहाँले १७ हजार एक १३ मत प्राप्त गर्नुभयो । एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार तीन ३६ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ०७:३५