२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

सोलुखुम्बु (ख) मा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी

७ मंसिर, काठमाडौं । सोलुखुम्बुको प्रदेश सभा (ख) मा नेकपा एमालेका उम्मेदवार बुद्धिकुमार राजभण्डारी विजयी भएका छन् । उनले प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिवबहादुर बस्नेतलाई ३ हजार ३ सय १३ मतले पछि पार्दै विजयी भएका हुन ।

विजयी राजभण्डारीले १० हजार १ सय २८ र माओवादी केन्द्रका बस्नेतले ६ हजार ८ सय १५ मत प्राप्त गरेका थिए । प्रदेश सभामा एमालेका राजभण्डारी दोस्रो पटक विजयी भएका हुन् ।

यसअघि पनि यो क्षेत्रबाट विजयी हुनुभएका राजभण्डारी प्रदेश १ नम्बर मा नेकपा एमालेको प्रमुख सचेतक भएका थिए । प्रतिनीधि सभाको मतगणनामा पनि एमालेका मानवीर राईले अग्रता लिइरहेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार २२:२४