२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

मोरङ ४ (१)मा कांग्रेसका गुरुराज घिमिरेलाई हराउँदै एमालेका जयप्रकाश चौधरी विजयी

७ मंसिर, मोरङ । कांग्रेसनेता गुरुराज घिमिरे प्रदेश १ को प्रदेशसभा सदस्यमा पराजित भएका छन् । मोरङ ४ (१) बाट घिमिरेलाई पराजित गर्दै एमालेका जयप्रकाश चौधरी विजयी भएका छन् । परिणाम औपचचारिक घोषणा भने भइसकेको छैन ।

चौधरी १५ हजार ४६५ मतका साथ निर्वाचित हुँदा घिमिरेले १५ हजार ५९ मत मात्र पाए । स्थानीय तहको चुनावमा वडाध्यक्षको उम्मेदवार बन्न खोजेका उनी त्यतिबेला उम्मेदवार बनेनन् । तर, अहिले प्रदेश सांसदमा निर्वाचित भएका हुन् । आफू पराजित भएपछि घिमिरेले निर्वाचित चौधरीलाई बधाई दिएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार २२:१२