२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

नुवाकोट १ मा एमालेका बद्री मैनाली जित नजिक

७ मंसिर, नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ मा नेकपा एमालेका बद्री मैनाली जित नजिक पुगेका छन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको आधार इलाकामा समेत चुनौति दिँदै मतगणनानामा अग्रतासहित अघि बढिरहेका मैनालीले अहिलेसम्म नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङलाई रोकिरहेका छन ।

२५,७६६ मत गनिसक्दा मैनालीले निरन्तर अग्रता लिइरहेका छन । मैनालीले १,३२१ मतान्तरमा हितबहादुर तामाङलाई पछि पारिरहेका छन । अहिलेसम्मको गणनामामा मैनालीले १०,२२१ मत प्राप्त गरेका छन । हितबहादुर तामाङले ८,९०० मत प्राप्त गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधुम्न महतले ३,२८० मत प्राप्त गरेका छन ।

जारी मतगणनामा सूर्यगढी गाउँपालिकाको मतगणना सम्पन्न हुँदा मैनालीले मतान्तर थप बढाउने अनुमान गरिएको छ । अब गन्न बाँकी तीन पालिकामा मैनालीले नै अग्रता गर्ने अनुमान गरिएको छ । मैनालीले दुप्चेश्वर बाहेकका शिवपुरी, तादी र पञ्चकन्यामा पनि अग्रता लिने नेकपा एमालेका नेताहरूले बताएका छन ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १९:५९