२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

रुपन्देही ५ (क) बाट एमालेका भूमिश्वर ढकाल विजयी

७ मंसिर, भैरहवा। रुपन्देही ५ (क) बाट एमालेका भूमिश्वर ढकाल विजयी भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विनाेद पहाडीलाई पराजित गर्दै विजय निकालेका हुन् ।

ढकालले १९ हजार ७८ मत प्राप्त गर्दा पहाडीले ११ हजार तीन सय ६८ मत प्राप्त गरेका छन् । विजयी भए पनि निर्वाचन कार्यालयले भने घोषणा गरेको छैन । प्रतिनिधिसभा र समानुपातिकतर्फ मतपत्र हुन सक्ने भन्दै आधिकारिक घाेषणाा नगरेकाे हाे ।

रुपन्देही ५ (क) तर्फ ७४ हजार ६ सय ५९ मतदाता थिए । विजयी ढकाल लुम्बिनी प्रदेश पूर्वसंसद हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १७:०२