२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

गुल्मी २ (क) मा एमालेका डिल्लीराज भुसाल विजयी

७ मंसिर, बुटवल । गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा एमालेका डिल्लीराज भुसाल विजयी भएका छन् । भुसालले १४ हजार नौ सय ३० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १३ हजार ८८० मत ल्याएका छन् ।

भुसाल र श्रेष्ठ एउटै वडाका हुन् । उनीहरूबीच ०७४ मा रेसुंगा नगरपालिकाको मेयर र त्यसअघि पनि थुप्रै निर्वाचनमा प्रतिस्पर्धा हुने गरेको थियो । भुसाल ०७४ मा रेसुंगा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १६:१३