२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

डोटी प्रदेशसभा १ मा एमालेका मल्ल विजयी

७ मंसिर, काठमाडाैं । डोटी जिल्ला प्रदेशसभा १ मा नेकपा (एमाले)का नेता चक्र मल्ल विजयी भएका छन् । प्रदेशसभा १ तर्फ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई चार सय ५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन् ।

विजयी उम्मेदवार मल्लले १५ हजार दुई सय ७९ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंहले १४ हजार आठ सय २९ मत पाएका छन् । अर्का उम्मेदवार हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले पाँच सय ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्र नाथले सात सय ५५ मत प्राप्त गरेका छन् ।यहाँ ३३ हजार तीन सय २२ मत खसेको थियो । एक हजार नौ सय १९ मत बदर भएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १५:५७