२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

झापा २ (१) मा एमालेका एकराज कार्की निर्वाचित

७ मंसिर, काठमाडाैं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार झापा २ को प्रदेश १ मा नेकपा (एमाले) का एकराज कार्कीले १८ हजार सात सय ३१ मत प्राप्त गरी विजय भएका  क्षेत्र नं २ का निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए ।

विजयी कार्कीका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेलले छ हजार एक सय एक मत प्राप्त गरेका छन् । कार्की र पोखरेलको मतान्तर १२ हजार ६ सय ५१ मत रहेको छ ।

झापा क्षेत्र नं २ को प्रदेशसभा १ मा ३८ हजार पाँच सय ४८ मत खसेको थियो । जसमा ती हजार तीन सय ३० मत बदर भएको निर्वाचन अधिकृत पन्तले जानकारी दिए । कार्कीले जीतसँगै दोस्रो पटकको प्रदेशसभाको यात्रा तय गरेकाे छ । उनी २०७४ सालको संसदीय निर्वाचनमा समेत झापा २ को प्रदेशसभा १ बाट विजयी भएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १५:५१