२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल विजयी

७ मंसिर, काठमाडाैं । काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केही बेरअगाडि सम्पन्न मतगणनामा खनालले १४ हजार दुई हजार चार मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार नौ सय ११ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले आठ हजार आठ सय पाँच मत प्राप्त गरेका छन् ।

निर्वाचित खनाल टिच फर नेपालका संस्थापक हुन् । यस्तै, सर्वेन्द्र खनाल पूर्वप्रहरी महानिरीक्षक र प्रधान पूर्वरक्षामन्त्री छन् ।  काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १३ जना विभिन्न राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ ।

काठमाडौँको बागबजारदेखि गोँगबु हुँदै काभ्रेस्थलीसम्म फैलिएको क्षेत्रमा ३२ स्थानका ७५ मतदान केन्द्रमा मतदान भएको थियो । ६२ हजार एक सय दुई मतदाता रहेको यस निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३८ हजार नौ सय १० मत खसेको थियो । यस्तै, एक हजार पाँच सय ३२ मत बदर भएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १५:४२