२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

सर्लाही–१ प्रदेश (२) बाट एकीकृत समाजवादीकी लुङ्गेली विजयी

७ मंसिर, सर्लाही । सर्लाही क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा (एकीकृत समाजवादी)की बेची लङ्गेली प्रदेशसभा सदस्यमा विजयी भएकी छिन् । उनले नेकपा एमालेकी शान्ति लामालाई फराकिलो मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

आज बिहान सार्वजनिक मतपरिणाअनुसार लामालाई छ हजार छ सय ९९ मतान्तरले पराजित गरेकी लुङ्गेलीले १३ हजार छ सय ७६ मत पाएकी थिन् । लामाले भने छ हजार नौ सय ७७ मत मात्र प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै स्वतन्त्रतर्फको जेब्रा चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवार राजनकुमार श्रेष्ठले पनि पाँच हजार नौ सय ४५ मत ल्याएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं १ को (२) बाट अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट विजयी भएकी लङ्गेली पार्टी विभाजन भएपछि नेकपा(एकीकृत समाजवादी) पार्टीमा लागेकी थिन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १४:१७