२९ आश्विन २०८१, मंगलवार | Wed Oct 16 2024

जुम्ला (ख) मा एमालेका टेकराज पछाई विजयी

७ मंसिर, जुम्ला । जुम्ला प्रदेश सभा (ख) मा एमालेका उम्मेदवार टेकराज पछाई निर्वाचित भएका छन् । उनले कर्णाली प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायालाई ११ सय १२ मतले पराजित गरे ।

२० हजार ६ सय २८ मत खसेकोमा एमालेका पछाईले ७८२७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । रोकायले ६७१५ मत प्राप्त गरे ।

एकीकृत समाजवादीको जुम्ला जिल्ला इन्चार्जसमेत रहेका रोकाया कांग्रेस-माओवादीको साथ रहँदा पनि पराजित बने । नेता पछाई एमाले प्रदेश कमिटीको उपसचिव हुन् । विद्यार्थी जीवनदेखि राजनीतिक गर्दै आएका पछाई पहिलो पटक कर्णाली प्रदेश सभाको सांसद बनेका हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १२:५०