२९ आश्विन २०८१, मंगलवार | Wed Oct 16 2024

दार्चुलाको प्रदेशसभामा कांग्रेस र माओवादी विजयी

७ मंसिर, खलङ्गा । प्रतिनिधिसभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलाको १ प्रदेशसभा १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार विक्रम सिंह धामी विजयी भएका छन् ।

धामीले १५ हजार एक सय २७ त प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका हरदेव जोशीले १३ हजार चार सय ५१ मत प्राप्त गरेका थिए ।

साथै, स्वतन्त्र उम्मेदवार शङ्कर सिंह धामीले एक हजार चार सय १८ मत ल्याएका थिए । दार्चुलाको प्रदेशसभा १ मा ५१ हजार ४७ मतदाता रहेकोमा ३१ हजार पाँच सय ४२ मत खसेको थियो । जसमध्ये एक हजार एक सय ३४ मत बदर भएका थिए ।

त्यस्तै, दार्चुलामा प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।  (ख)  मा माओवादी केन्द्रका मानबहादुर धामी निर्वाचित भएका हुन् । माओवादी केन्द्रका धामीले एमालेका रामदत्त जोशीलाई पराजित गरेका हुन् । धामीले १७१७१ मत ल्याउँदा जोशीले ११८५६ मत ल्याए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १२:२२